निर्मला बलत्कारपछि हत्या प्रकरण : दोशीलाई छिट्टै कारबाहीको दायरामा ल्याउने गृहमन्त्री थापाको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २३, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २३, गोरखा । गृहमन्त्री रामबहादुर थापाले प्रहरीको अनुगमन गर्न कुनै पनि समिति गठन नभएको बताएका छन्।

शनिवार गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले समिति गठन भयो भन्ने हल्ला मात्र भएको बताएका हुन्। गृहमन्त्री थापाले भने, ुकुनै पनि प्रहरीलाई अनुगमन गर्ने समिति बनेको छैन। गृहमन्त्रालयले सधैँ प्रहरीको अनुगमन गरिरहेकै छ। यो एउटा भ्रम सिर्जना गर्ने र सुरक्षा निकायलाई उत्तेजित गराउने काम भएको हो।ु

गृहमन्त्री थापाले कञ्चनपुरमा भएको निर्मला घटना प्रकरण चाँडै टुङग्गोमा पुर्योउने समेत दाबी गरे। घटनाको अनुसन्धान र छानबिन गर्ने सरकारले टोली गठन गरेर काम गरिरहेकाले चाँडै हत्याराको पत्ता लाग्ने बताए।

त्यस्तै गृहमन्त्री थापाले सुन प्रकरण छानबिन नसेलाएको बताएका छन्। गृहमन्त्री थापाले भने, ुसेलाएको छैन। सुन तस्करीको छानविनमा राज्य सफल भएको छ। सुन तस्करीको जाल पूर्ण ध्वस्त बनाइएको छ।ु

३८ सय किलो सुन प्रकरणमा जोडिएका बाँकी व्यक्तिलाई पनि चाँडै कानुनको कठघरामा ल्याउने दाबी गरे। यस्तै यस्तै, गृहमन्त्री थापाले सरकारमा रहेका मन्त्रीहरुको तत्काल फेरवदलको सम्भावना नरहेको पनि बताएका छन् । मन्त्रीहरुको फेरवदलबारे सरकारमा कुनै छलफल नै नभएको उहाँले स्पस्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस