२ सय ३१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १४, काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ३१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार ३० जना भेन्टिलेटरमा र २०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११० जना आइसियु र २३ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा १६ जना आइसियु र ५ जना भेन्टिलेटरमा र सुदुरपश्चिममा १ जना आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ११ आइसियुमा उपचाररत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस