काठमाण्डौ उपत्यकामा दसैँको चहलपहल बढ्यो ! आजबाट सुपथ मुल्य पसल सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौँ । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेको दशैं तिहार लगायतका चाडपर्व मनाउन पाइन्छ कि भन्ने मानिसहरुको आश छ । दशैं आउन एक महिना मात्र बाँकी छ । अन्य वर्षहरुमा झैं यसवर्ष पनि दशैं लक्षित बजार खुल्न थालेका छन् । विशेषगरी सरकारी स्वामित्वका संस्थानहरुले सुपथ मुल्य पसलहरु सञ्चालनमा ल्याएका छन् ।

आजबाट सरकारले चाडपर्वलक्षित सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएका छन् । दशैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकालगायत बाहिरी जिल्लाहरुमा सरकारले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयकाअनुसार विगतका वर्षहरुमा झैं यसवर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ड्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मुल्यमा सामग्री उपलब्ध गराउन थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस