क्यानले राष्ट्रिय क्रिकेट खेलाडीहरुको पुनः वर्गिकरण गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन १५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२० का लागि खेलाडीको पुनः वर्गिकरण गर्ने भएको छ । यसअघि गरेको खेलाडी वर्गिकरण विवादमा परेपछि क्यानले पुनः वर्गिकरण गर्ने भएको हो । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै खलाडीको पुनः वर्गिकरण गर्ने जानकारी दिएको हो । त्यसका लागि खेलाडी वर्गिकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षसँग आवश्यक छलफल गर्न पनि क्यानले निर्देशन दिएको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा समितिलाई पुनः वर्गिकरणका लागि सुझावसहितको प्रतिवेदन क्यानको आगामी बोर्ड बैठकमा पेश गर्न आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस