अपडेट : बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु , ५ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २३, शनिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र २३,पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान आएका आफन्त सवार डुंगा पल्टिएपछि बेहोस भएका स्थानीय कमलराज कडेंललार्इ पनि उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी अर्को डुंगामा सवार थिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस