भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाण्डौ । माछापुच्छ्रे बैंक लि। ले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडका समयलाई लक्षित गरि असोज १२ गते देखि २ महिना सम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिनेछ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि। का १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस