‘स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन’ : प्रधानमन्त्री ओली

भाद्र २३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन ।

आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गरे । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । “कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भने, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भने ,“नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply