२४ घण्टामा अहिलेसम्मकै उच्च संक्रमित थपिए, १९ सय ११ जनामा कोरोना पुष्टि,९६१ डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो । काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले नेपालमा २२० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार बिहीबार १२ हजार ४४४ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ३३ हजार ९४७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १० हजार ७६१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले पाँच हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार बिहीबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस