‘स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो, हस्तक्षेप स्वीकार्य हुँदैन’ : सभापति देउवा

भाद्र २३,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन ।

आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भने । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन भने ।

उनले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गरे ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको विचार व्यक्त गरे ।
सो अवसरमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता,लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply