काठमाडौं उपत्यकामा एकैपटक थपिए ९४३ कोरोना संक्रमित, चारजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाण्डौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३२८ महिला र ६१५ पुरुषमा संक्रमण पुष्‍टि भएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ८१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्‍टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका दुई जना तथा भक्तपुर र ललितपुरका एक(एकजना पुरुष गरी पत्यकामा ४ जनाको मृत्यु भएको छ । उपत्यकाका ४ सहित देशभर ११ जनाको ज्यान गएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १९११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस