प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भाद्र २३, काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीको लोकमान्य मार्गस्थित मोदी निवासमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको थियो ।

नेकपा अध्यक्ष दाहालले दिल्ली प्रस्थानअघि आफ्नो भ्रमण राजनीतिक भन्दा आर्थिक र द्धिपक्षीय सम्बन्धमा केन्द्रित रहने बताउनु भएको थियो । तर, दिल्ली पुगेपछि उहाँको उच्चस्तरीय भेटघाट विशेषगरी राजनीतिक मुद्दामा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेको दाहालले भारतका गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसगँ ‘वान इन वन’ भेट गरेका थिए ।

दाहाल आजै साँझ भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनको डिनर भेटमा समेत सहभागी हुनेछन् । भातको तीन दिने भ्रमणमा दिल्ली आएका दाहालको भोलि मध्याह्न नेपाल फर्किने कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Reply