डिजेल र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १६, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । विहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ८९ रुपियाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट विहहीबार प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५र१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस