धुनिबेशी नगरका १८ विद्यालयको वेबसाइट निर्माण

Post Thumbnail

असोज १६, धुनिवेशी । धुनिबेशी नगरपालिकाले पालिका भित्रका सबै विद्यालयहरुको जानकारीमूलक वेवसाइट सुरुवात गरेको छ । नगरपालिकाको शिक्षा शाखाको सम्पूर्ण सूचना तथा जानकारी राख्न तथा सबै विद्यालयका गतिविधिहरुलाई समेट्नका लागि धुनिबेशी नगरपालिकाले १८ वटा विद्यालयको वेबसाइट बनाएको हो ।
धुनिबेशी नगरपालिकाको शिक्षा शाखाको वेबसाइटबाट प्रवेश गर्न सकिने वेबसाइटमा ९ वटा वडाका १८ वटा विद्यालयहरुको वेबसाइट निर्माण गरिएको छ । हाल कक्षा ८ वा त्यो भन्दा माथिल्लो कक्षा चलेका ९ वटा वडाका १८ विद्यालयको वेबसाइट तयार पारिएको धुनिबेशी नगरपालिकाका शिक्षा अधिकृत विकास खत्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस