भारतमा कोरोना अपडेट: ज्यान गुमाउनेको संख्या झण्डै एक लाख नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १६, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १६,काठमाडौँ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ । अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा यो खबर तयार पार्दासम्म ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । त्यहाँ गएको २४ घण्टामा एक हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ ।

यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस