करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १६, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तःशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था विहिबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस