अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १६, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी लगायत पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपति कार्यालयका चिकित्सकले बताएका छन् । ट्रम्पले पनि ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टाइनमा बस्ने लागेको बताएका छन् ।
आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि चुनावी अभियानमा रहेका ट्रम्प कति दिन क्वारेन्टाइनमा बस्छन् भने बारेमा यकिन नभएको सीएनबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । यसअघि कोरोना भाइरसको बारेमा आलोचनात्मक प्रतिक्रिया दिंदै आएका ट्रम्पले आफूहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल द्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस