यस्तो छ आजको मौसम पूर्वानुमान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन १७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस