नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक शनिबार आज बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार सचिवालय बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन । उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन । सर्वोच्चले संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबारका लागि पेसी तोकेको थियो। फैसलाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि प्रभावित पार्नेछ ।

गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् प्रचण्ड । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन् । ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनु पर्ने बताएको स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस