आजका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १७, शनिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाण्डौ । आजका लागि तय गरेको नेकपा सचिवालय बैठक स्थगित भएको छ । दिउसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । अर्को बैठक आइतबार ४ बजे बस्ने बताइएको छ । सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र फेरि विवाद शुरु भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक आजलाई बोलाउने सहमति भएको थिया े। बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस