प्रधानमन्त्रीका चार सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि

असोज १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् । संक्रमितमध्ये रिमाल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी दिएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् ।
कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply