काँग्रेसका नेता केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन १७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७,काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो। काँग्रेस केन्द्रीय कार्यालयका कर्मचारी तथा विद्यार्थी नेता हरि खनालका अनुसार बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।

टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो । स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस