साझा यातायातका ४ वटा डिलक्स बस काठमाडौं आइपुगे, २० वटा सिटी बस थपिदै

भाद्र २३,काठमाडौँ । साझा यातायातका ४ वटा डिलक्स बस काठमाडौं आइपुगेका छन् । साझा यातायातकाअनुसार यी बसले केही समयपछि नै सेवा थालनी गर्नेछन् ।

कम्पनी स्रोताकाअनुसार यी बस बाग्लुङसहित अन्ये केही गन्तब्यमा नियमित रुपमा चलाउने योजना छ । बसहरु पञ्जीरकणको प्रक्रियमा रहेको साझा यातायातका एक उच्च् अधिकारीले बताए ।
साझाले २० वटा सिटी बस पनि ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि भारतमा बस निर्माण भइरहेको छ ।

तिहारपछि साझाका २० वटा सिटी बस थपिनेछन् । साझाले एउटा सेमी–लो फ्लोर बस ल्याएर सञ्चालन गरिरहेको छ ।

यसअघि साझाले १३ वटा डिलक्स बस ल्याउन लागेको थियो । तर, काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि योजना परिवर्तन भएको थियो । त्यसपछि कम्पनीले डिलक्स बसको संख्या घटाएको थियो ।

बस ल्याउन काठमाडौं महानगरले पााच करोड र ललितपुर महानगरले एक करोड रुपैयााको दिइसकेका छन् । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रालीमा शेयरका रुपमा लगानी गरेका हुन् ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

पछिल्लो पटक साझाले थुप्रै डिलक्स बस चाहेको थियो । तर, रकम दिने दुबै महानगरपालिकाले आफूले किनेको शेयरको रकमबाट डिलक्स बस नल्याउन आग्रह गरेपछि नयाा निर्णय लिइएको थियो ।

अब आउने सिटी बसहरु पनि अपांगमैत्री हुनेछन्, जसमा दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।

बीचभागमा पर्याप्त स्पेशका साथमा ह्यांगरहरु राखिनेछ, यसले उभिएर यात्रा गर्दा पनि केही सहज हुनेछ । निमित्त प्रमुख कार्यकारी पाण्डेयका अनुसार केही दिनमै बस खरिदका लागि टेण्डर आह्वान गरिनेछ ।

संम्बन्धित समचार

Leave a Comment