उपत्यकाका अस्पतालमा रहेका लक्षणबिहीन कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गरिने

Post Thumbnail

असोज १९, काठमाण्डौ । काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा डिस्चार्ज गर्ने सरकारले निर्णय गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको ’इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

अन्य क्षेत्रका अस्पतालहरुको हकमा भने निर्देशिका अनुसार हुने डा. गौतमले बताएका छन् । त्यसैगरी अत्यवाश्यकबाहेक घरबाहिर ननिस्किन र कुनै पनि सभा सम्मेलन र गोष्ठी नगर्न पनि मन्त्रालयको निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस