अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाटै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १९, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । केही दिन अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारीसाधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैं उपस्थित भएर निवेदन दिन्थे । मानिसहरूको बढी भीडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो। यसका साथै गत वर्षबाट महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।

अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ। अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धीका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ ।

कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् । महाशाखामा यही असोजमा हराएका कागजात र सवारीसाधनबारे अनलाइनमार्फत् निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस