बलात्कृत कलिली छोरिको यौनाङ्गको रगत पुछिरहेको बाबू !!!

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ आश्विन १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

-ज्वालामुखी लामिछाने
नुवाकोट, झिल्टुङ

कसैले बिचार गर्दैन यहाँ
किन बगिरहेछ रगत-कक्षा दुईमा पढ्ने दुर्गाको ओठबाट?
किन छैन चिन्ता कसैलाई यहाँ –
तीन कक्षामा पढ्ने तृष्णाको
फ्रकको खिप दिनदिनै हराईरहदा पनि?
चारु,जो पढ्छिन कक्षा चारमा-
कहाँबाट झरिरहेको छ उनको सुडौल पिडौलामा
रगतका थोपाहरु?
किन देखिन्छन दात गाडिएका निलडामहरु-
बार बर्षकि बिनिताको गालाभरी?
कसैले देखेको छ-
बाख्रा गोठालो गएकी कल्पनाको लथालिङ्ग केश?
अथवा देखेर पनि नदेखेझै गरेको किशोरी मेनकाको मुस्कान हराएको अधर
र च्यातिएको चेस्टर?
आफ्नै बाबुको अनुपस्थितिमा बरु
किन सुरक्षित अनुभुत गर्छन अचेलका छोरिहरु?
राधाको चम्किलो अबोध अनुहारमा
उन्मुक्त खुसिको उदिप्त इन्द्रधनुस छिमेकिको आगमनले किन सोहोरिन्छ
अचानक र लुक्छिन तिनी कान्लामुनी?
सुक्ष्मदर्शक यन्त्रबाट शिक्षकले नियालिरहेको
प्याजको पातलो पत्र
किन आफ्नै छालाझै ठानिरहेरहेछन छात्राहरु?
बिहान बिहानै
फक्रनै थालेका कोपिलाहरु
खुत्रुक्कै झर्छन रुखबाट
के हुन थाल्यो हिजोआज गाउँमा?

अनुभुत गर्नुपरेको छैन तिमिले
अचेलको पीडा
भोग्नुपरेको छैन अचेलको गाउँ
देख्नुपरेको छैन तिमिले अचेलको घर
किनकी तिमी होइनौ
बलात्कृत कलिली छोरिको यौनाङ्गको रगत
पुछिरहेको बाबू!!!

ताजा अपडेट

खोजी गर्नुहोस