२४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस