साफ च्याम्पियनसिप : बिमलले गरे पहिलो गोल !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २३, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध गोल गरेको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा विमल मगरले लामो फ्रि किकमा गोल भएको हो । बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् ।

बंगलादेशविरुद्ध नेपालको कप्तानी भरत खवासले सम्हाल्लेका छन् । नियमित कप्तान विराज महर्जन भने बेञ्चमा छन् ।

यसअघि पाकिस्तान र भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्ट पनि बेन्चमा रहेका छन् । पाकिस्तानसँग खेलेपनि भुटानसँग खेल्न नपाएका नवयुग श्रेष्ठ पनि टिममा परेका छैनन् ।

अन्जनको स्थानमा भरतलाई सुरुवाती ११ मा राखिएको छ ।

सेमिफाइनलमा स्थान बनाउन नेपाललाई जित्नैपर्ने दबाव भने छ भने बंगलादेशलाई बराबरी भए पुग्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस