अमेरिकी राष्ट्रपति ट्रम्प तीन दिनमै डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २०, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् । डिस्चार्ज लगत्तै टन्म्पले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् । यसअघि ह्वाइट हाउसका डाक्टरले ट्रम्पको स्वास्थ्य अवस्था सुधार आएकाले डिस्चार्ज गर्न सक्ने बताएका थिए । ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ। उनको थप उपचार ह्वाईट हाउसमै हुनेछ । अस्पतालबाट निस्कनु अघि ट्रम्पले ट्वीट गरेर छिट्टै चुनाव प्रचार सुरु गर्ने बताएका छन् ।

ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् । विश्वभर ३ करोड ५६ लाखमा कोरोना पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा मात्रै ७६ लाख ७५ हजारमा कोरोना पोजेटिभ देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस