असोज २०,काठमाडौँ । काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा एक हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डौमा सात सय ८३ जना, भक्तपुरमा एक सय १६ जना र ललितपुरमा १ सय १८ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशैभर एक हजार पाँच सय ५१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ ।