आइपीएल : मुम्बई इन्डियन्सद्वारा राजस्थान रोयल्स ५७ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन २१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । आइपीएल अन्तर्गत गए राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ । राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेसँगै मुम्बई इन्डियन्स खेलको शीर्ष स्थानमा उक्लिएको छ । १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८।१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि यो जितका लागि पर्याप्त भएन । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । यो जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस