खुल्यो सानिमा जनरल इन्स्योरेन्सको आइपिओ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले बुधबारबाट ३० लाख कित्ताका लागी आवेदन खुलाएको छ । उक्त आइपिओ असोज २१ गते देखि २५ गतेसम्म ५ दिनका लागी खुलाइएको छ । २५ गते सम्म पूरै रकम बराबरको आवेदन नपरे कार्तिक ६ गते सम्मका लागी आवेदन लम्बाँइने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीका लागी छुटाइएको छ भने ५ प्रतिशत सामुहिक लगानी कोषका लागी छुटाएर बाँकि ९१ प्रतिशत अर्थात २७ लाख ३० अजार कित्ता आम सर्वसाधारणका लागी छुटइएको छ ।

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको शेयर निश्काषन एंव विक्रि प्रवन्ध मिलाउन एन आई सी एशिया क्यापिटललाई जिम्मेवारी दिइएको छ । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइ पी ओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्ने छ । पछिल्लो समयको आईपिओको ट्रेण्ड हेर्दा गोला प्रथाबाट १० कित्ता पर्ने सम्भावना रहेको कारण १० कित्ता आवेदन दिन सुझाव गरिन्छ ।

देशमा रहेको १८ निर्जिवन बिमा कम्पनी मध्य सानीमा जनरल इन्स्योरेन्सको बजार हिस्सा बिमा प्रिमियमको आधारमा १।४८ प्रतिशत रहेको छ भने देशभर यस्को १८ शाखाहरु रहेका छन् । वित्तीय विवरण र्हेदा कम्पनीको कुल चुक्ताको जगेडा कोष र नाफा गरि आर्थिक वर्ष २०७६र७७ का लागी १९।१८ लाख रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस