जोरबिजोर उल्लंघन गर्ने १२ सय २५ सवारीसाधन नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा लागू गरिएको जोरबिजोर प्रणालीमा कडाइ गरेको छ । आज बिहानसम्म जोरबिजोर उल्लंघन गर्ने एक हजार २२५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमा एक हजार ३ दुई पांग्रे र २२२ वटा चार पांग्रे छन् । नम्बर प्लेटको अन्तिम अंकको आधारमा सवारीसाधनको जोर बिजोर छुट्याइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस