आदरणिय मामा नमस्कार

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

देश र जनताको परिवर्तको खातिर बन्ने भन्दै २०५१ साल फागुन १ गते नेकपा (माओवादी) को नाममा पार्टी गठन गरि विद्रोह सुरु गरेको थियो | यसै पार्टीले तत्कालिन अवस्थामा युद्व सुरु गर्दा नेपालि जनताले यसलाई केहि भरोसा गरेका थिए वा डरले साथ दिए त्यो स्वयम जनतालाई नै थाह हुने कुरा भयो | तर यसै शिलशिलामा मामा तपाई २०४९ साल र २०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा (एमाले) पार्टीबाट नुवाकोट जिल्ला साविक खड्कभन्ज्याङ गाविसको उप-अध्यक्ष पदमा उम्मेदवार बनि निर्वाचित भइ जनताको सेवा गरि रहनु भएको थियो | तपाई सुरु देखि नै कम्नियुष्ठ आन्दोलन र कम्नियुष्ठ पार्टीको सदस्य रहनु भएको कारणले तपाई तथा नुवाकोट जिल्लाका तत्कालिन जिल्ला सभापति नेकपा (एमाले) बाट नै निर्वाचित भरत ढुङगानाले सयुक्तरुपमा जनप्रतिनिधि र नेकपा (एमाले) परित्याग गर्दै विद्रोही नेकपा (माओवादी)मा सामेल भएको घोषणा गरि देश र जनताको परिवर्तको खातिर बन्ने अठोट गर्नु भयो |

विडम्बना तपाईहरुले यसरी नेतृत्वले चालेको कुटिल कुनैती तपाई तगाएत विद्रोही नेकपा (माओवादी)मा सामेल भइ युद्वामा सामेल आम नागरिक तथा विद्रोही नेकपा (माओवादी का तर्फबाट सहित हुनुभएका महान सहितहरुले बुझन सक्नु भएन छ | तपाईलाई नुवाकोटको तारुकाको जोर चौतारामा (२०६१ असोज २१ गते) तत्कालिन नेपाली सेनाले हत्या गर्दा तपाईले हाँसी-हाँसी देश र जनताको निमित्त भन्दै आफ्नो अमुल्य जीवन गुमाउनु भएको थियो | तर आज त्यसो भएन तपाईले सहादत प्राप्त गर्नु भएको लगभग १७/१८ महिना पछी तपाईहरुले विद्रोह सुरु गर्नुभएको पार्टी शान्ति प्रकियामा आयो | यसरी शान्ति प्रकियामा आए पछी संसदिय व्यवस्थामा नै प्रश्न उठाउने नेकपा (माओवादी) जनताको मत बिना नै नेकपा (एमाले) बराबरको संसद लिगी संसदिय व्यवस्थामा जान थाले देखि नै नेकपा (माओवादी) जनताको लागि भन्दा नि आफ्नो स्वार्थमा फसेको प्रष्ट भएको थियो |

२०६४ सालमा संविधान सभाको निर्वाचन भयो | त्यस निर्वाचनमा नेकपा (माओवादी) झन्डै बहुमतको नजिक पुगेको थियो | त्यसरि ठुलो दल बनेर संसदमा आउदा संविधान बनाउने तथा देश र जनताको सेवामा नलागी आफ्नो स्वार्थमा लाग्दा पार्टीबाट मोहोन वैध, विप्लव अहिलेका गृहमन्त्रि रामबहादुर थापा (बादल) लगाएतका नेताहरुले पार्टी विभाजन गरि आफ्नो स्वार्थमा लागि नेकपा (माओवादी) बाट नै प्रधानमन्त्री बन्नु भएका हाल पार्टी छोडी स्वार्थ पुरा गर्न कहिले नेपालि काँग्रेस कहिले कता त कहिले मधेसी दल तिर भौतारिनु भएका डाक्टर वाबुराम भट्टराईले संविधान सभा विगठन गरि जनताको मतको धर्जी उठाउने काम भयो | फल स्वरुप २०७० मा भएको दोर्सो संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी) तेस्रो हुन् पुग्यो | त्यसको परिमाण भनेको तपाईहरु जस्ता १७ हजार सहिदको श्राप नै हो |

त्यस पछी २०७४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी)को चुनावावी तालमेलको घोषणा गरि निर्वाचनमा सामेल भए | पछी दुई पार्टी एकीकरण गरि नेकपा नामाकरण गरियो | आखिर न देशले केहि पाए न जनताले नै पार्टीको नाम मात्रै परिवर्तन गरि केहि सिमित नेताहरुले विलासी जीवन भन्दा केहि गरेका छैन |

असोज २१ गते तपाइले सहादत प्राप्त गरेको दिन अहिले दाईहरु (तपाईको छोरा) नातागोता तथा साथिभाईको पहलमा साविक खड्कभन्ज्याङ गाविस तथा हालको तार्केश्वरको माझीडाँडामा सालिक बनाईएको छ | तर त्यसमा हो पार्टीका नेताकार्यकर्ता पुगी नाटक मन्चन गर्न सक्लान् | अहिले यिनै काम भन्दा अरु यिनीहरुले गर्ने छैन हो २१ असोजमा सामाजिक संजालमा कसैले तपाईको नाम बेचेर फाइदा देखेमा बासु रिमाल (निर्दोष) प्रति श्रद्वा सुमन व्यक्त गर्लान त्यसैले अब तपाईहरु जस्ता सहिदहरूले यस्ता स्वार्थ लिप्ताहरुलाई सधाको लागि अन्त्य हुने श्राप दिनु उचित हुने छ |

लेखक : सुशीलराज वाग्ले

सहिद बासु रिमाल (निर्दोष) का कान्छी बहिनीको छोरा भान्जा

नेपालि काँग्रेस (वी पी) का केन्द्रिय कार्यालय सचिव हुनुहुन्छ |

सहिद लेखकका माइलो मामा हुनुहुन्छ |

ताजा अपडेट

खोजी गर्नुहोस