जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २१, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २१, जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो ।

सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो । घटनास्थलमा पुगेको प्रहरीका अनुसार एक जनाको शव निकालिएको छ भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस