आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत विबरणसहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २२, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८५ जनामा कोरोना भेटिएको छ । काभ्रेमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १ सय ३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३ सय २०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १ सय ९९ जना छन् । यस्तै, कर्णाली प्रदेशको कालीकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्चिममा ५, सुर्खेतमा १ सय ६, हुम्लामा ३ र सल्यानमा ४ जनाका कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा कोरोनाको आशंकामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ । देशभर हाल ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस