बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २२, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि पाँचजनाको ज्यान गएको छ ।
बिहीबार ज्यान गुमाउनेमा ४ महिला र ८ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ७९ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला र ललितपुरकी ७३ वर्षीया महिला रहेकी छन् भने काठमाडौंकै ५८ र ९१ वर्षीय पुरुष छन् । त्यसैगरी सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय तथा चितवनका ८१ वर्षीय दुईजना पुरुष र ९२ वर्षीय एकजना पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ । यस्तै कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको पनि संक्रमणका कारण ज्यान गएको छ । नेपालमा बिहीबार ४३६४ जना कोरोना संक्रमित थपिँदा २६७५ जना निको भएर घर फर्किएका छन् । नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस