साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थपिए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २२, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

दिपू बर्णवाल

असोज २२, काठमाण्डौ । साझा पार्टीले केन्द्रीय समितिमा ३७ सदस्य थप गरेको छ । यसअघि २८ सदस्य रहेको केन्द्रीय समितिमा ३७ जना थप भएसँगै साझाको केन्द्रीय समिति ६५ सदस्यीय बनेको छ । थप गरिएका केन्द्रीय सदस्यमा १० जना महिला रहेको संयोजक रवीन्द्र मिश्रले जानकारी दिए । नयाँ थपिएका केन्द्रीय सदस्यमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल रहेका छन् ।

त्यसैगरी नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेको साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस