भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १००० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस