कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै

असोज २३, मकवानपुर । चाडपर्वलाई ध्यानमा राखेर कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ । चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित यस आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कुल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार, आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए । नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युतमा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमताअनुसार विद्युत् उत्पादन हुने पनि आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज असोज २२ गते अपराह्न ३ बजेसम्ममा १५२६।५६ सेन्टीमिटर पानीको सतह रहेको भए पनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत् नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply