भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २३,काठमाडौँ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनि भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे। पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए। मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस