नेपालमा कोरोना संक्रमित संख्या लाख नाघ्यो : पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनालाई संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

 

असोज २३, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । काठमाडौं उपत्यकामा बिहीबार मात्र १ हजार १ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस