असोज २३, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५९ जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को उदयपुरमा १, खोटाङमा ३, झापामा ८, धनकुटामा २, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा १ र सुनसरीमा २६ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धनुषामा ३, पर्सामा १५, बारामा ११, महोत्तरीमा १७, रौतहटमा ९, सप्तरीमा १, सर्लाहीमा ७ र सिरहामा १ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय १६ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ४०, चितवनमा ५१, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा १ सय ३०, मकवानपुरमा ६९, रामेछापमा १९, ललितपुरमा १ सय ६३, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ११ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १२, तनहुँमा ८, नवलपरासी पूर्वमा २५, पर्वतमा ३, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका ३, कपिलवस्तुका १, गुल्मीका ५, दाङका ६५, पाल्पाका २, प्युठानमा ३, बर्दियाका ९, बाँकेका ४५, रुकुम पूर्वका २, रोल्पाका २ र रुपन्देहीका ३ जना छन् । यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, दैलेखमा ८, रुकुम पश्चिममा १, सल्यानमा ३ र सुर्खेतमा ३ जनाका कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डोटीमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २७ हजार ५३ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा कोरोनाको आशंकामा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । देशभर हाल ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।