बेगनास तालमा डुङ्गा दुघंटना : हराइरहेका ६ जना मध्ये ५ जनाको शव भेटियो !

Post Thumbnail

भाद्र २४,पोखरा । कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने अझै १ जना हराइरहका छन् ।

आइतबार शव भेटिनेमा १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङ्गले जानकारी दिए ।

३२ वर्षका रवि खनाल अझै बेपत्ता छन् । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सहित शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोलीले खाजी गरिरहेको छ ।

डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्यान गएको हो । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार गरी शनिबार घर फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस