मानवीले छाडिन् साझा पार्टी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २४, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाडौं । साझा पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलले पार्टीसँगको आवद्धता टुंग्याएकी छन् । साझा पार्टीको केन्द्रीय समिति पुनर्गठनको भोलिपल्ट उनले पार्टी छाडेको औपचारिक जानकारी दिएकी हुन् । पौडल साझा पार्टी स्थापना कालदेखि नै केन्द्रीय सदस्य रहँदै आएकी थिइन् । विभिन्न सामाजिक आन्दोलनबाट साझाको राजनीतिमा जोडिएकी मानवी वैचारिक नेतृ मानिन्छिन् । साझाका तत्कालीन प्रवक्ता डा। सूर्यराज आचार्यसँग निकट मानिएकी पौडेल पछिल्लो आचार्यको बहिर्गमनसँगै पार्टीसँग असन्तुष्ट थिइन् ।

पौडेलले पार्टी छाडेको जानकारी ट्वीटमार्फत दिएकी हुन् । उनले लेखेकी छन्ः साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु । यसअघि साझाले सातवटै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर पार्टी केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको जानकारी बिहीबार गराएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस