वित्तीय अनुशासन र पारदर्शीतालाई प्राथमिकतामा राख्न अर्गमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ बैशाख २९, शनिबार (६ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं–अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संस्थाहरुले वित्तीय अनुशासन र पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा सनिबार राजधानीमा भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तिय अनुशासन र पारदर्शीता बिना वचत कर्ता  र सर्वसाधरणको विश्वास आर्जन गर्न नसकिने भन्दै त्यस तर्फ सचेत हुन वित्तिय संस्थालाई सुझाव दिएका हुन् ।

वित्तिय संस्थाहरुलाई सरकारका नीति नियम पालना गर्दे जनउत्तरदायी र पारदर्शी हुन उनले आग्रह गरे ।

वित्तिय संस्थाहरुको काम कारवाहीको अनुगमन र नियमन राष्ट्र बैकले गर्ने गरेको उल्लेख गर्दै उनले वित्तिय अनुशासनमा आँच आउने काम नगर्न सबैलाई सचेत गराए ।

वित्तिय अवस्थाको लेखापरिक्षण, संपरीक्षण गर्ने निकायहरुलाई पनि आफुले हेर्ने संघ संस्थाको वित्तिय अवस्था विश्लेषण गर्न कुनै आग्रह पुर्वाग्रह नराख्न उनले सुझाव दिए ।

पछिल्लो समय विशेष गरेर वित्तिय क्षेत्र प्रलोभनमा परि खराब कर्जा प्रवाह गर्ने गरेका समाचार आउने गरेका छन् । यस्ता छिटफुट घटनाले सिंगो वित्त क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले जिम्मेवार , पारदर्शीता र अनुशासनलाई कायम राख्न उनले आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस