आज कुन जिल्लामा कति संक्रमित थपिए ? (जिल्लागत विवरण)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २५, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनुषाका २, पर्साका १, बाराका ११, महोत्तरीका १३, रौतहटका ४, सप्तरीका २८, सर्लाहीका ३, सिरहाका ७, काठमाडौँका ११४५, काभ्रेका ४, चितवनका ३, दोलखाका ३, धादिङका ६, नुवाकोटका २५, भक्तपुरका ११०, मकवानपुरका ५, रामेछापका ४ र ललितपुरका १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका २४, गोरखाका २०, तनहुँका १, नवलपरासीपूर्वका ३, पर्वतका १, लमजुङका ९, बागलुङका ३६, स्याङ्जाका २, अर्घाखाँचीका ३४, कपिलवस्तुका १०, गुल्मीका ४, दाङका ३२, नवलपरासीका १३, पाल्पाका २, प्यूठानका ३, बर्दियाका १०४, बाँकेका २०, रुकुमपूर्वका २, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका २, जुम्लाका १, डोल्पाका ३, दैलेखका ९, रुकुम पश्चिमका ९, सल्यानका २, सुर्खेतका २, अछामका १, कञ्चनपुरका १७, कैलालीका ३६, डोटीका १०, दार्चुलाका १ र बैतडीका २ जना संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार देशभर ३२९ जना कोरोना संक्रमितको आईसीयुमा र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मनाङ र मुस्ताङमा कोरोना संक्रमितको संख्या शून्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस