बिश्वमा कोरोना संक्रमित संख्या उच्च, तीन करोड ७७ लाखमाथी, २४ घण्टामा करिव ३ हजारको मृत्यु !

असोज २६, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ३३ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ७४ हजार २१९ संक्रमित थपिएका हुन् । कोभिड १९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८१ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन हजार ७६८ जनाको मृत्यु भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८३ लाख ३६ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ८३ लाख १५ हजार ३७६ छ। त्यसमध्ये ६८ हजार ८५६ जना गम्भीर अवस्थाका छन् । सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ५६४ पुगेको छ । भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ भने ब्राजिलमा ५० लाख ९५ हजार ३०० छ ।

संम्बन्धित समचार

Leave a Reply