आजको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन २६, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिममध्य भागमा शक्तिशाली निम्‍न चापीय क्षेत्र रहेको छ । उक्त निम्‍न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्‍चिम उत्तर पश्‍चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । अहिले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रहने छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस