छाङ्‌रू र तिङ्‌करमा सुदूरपश्चिम सरकारले खाद्यान्न ढुवानी गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २६, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज २६, दार्चुला । कालापानी नजिकैका दुई गाउँ छाङ्‌रू र तिङ्‌करमा सुदूरपश्चिम सरकारले खाद्यान्न ढुवानी गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दशैँअघि नै व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङ्‌रू र तिङ्‌कर गाउँमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने भएको हो । यसका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ बजेट निकासा समेत गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीको बजेट उपलब्ध गराइएको हो । प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराउने घरेलु कार्यालयका प्रमुख गंगा कुमारी मगरले बताए। व्यास क्षेत्रका दुइ गाउँमा तत्काल हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न गृहकार्य सुरु गरिएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस