धादिङमा ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या ६ सय २७ पुग्यो !

असोज २६, धादिङ । धादिङमा आज ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ का ३१,३२,४१ र ४५ वर्षिय पुरुष र ३६ वर्षिया महिला रहेका छन् । त्यस्तै नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का ३२ र वडा नं १ का ६४ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ५ का २९ वर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ६ का ४६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय २७ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply